Thursday, August 6, 2020

राजधानी को चुच्चेपाटीमा बाबुले गरे श्रीमती र छोरी माथि एसिड आक्रमण


Test
राजधानीको चुच्चेपाटीमा दुई जनामाथि 'एसिड' छ्यापिएको खबर छ ।

आफ्नै बाबुले छोरी र श्रीमतीमाथि एसिड छ्यापेको प्रहरीले जनाएको छ ।



आपसी विवादका क्रममा हेटौंडा घर भई चुच्चेपाटी बस्दै आएका राजन विष्टले श्रीमतीलाई एसिड हानेको र सो क्रममा छोरीलाई पनि लागेको बताइएको छ ।

प्रहरीका अनुसार अभियुक्तलाई नियन्त्रणमा लिइएको छ । 

४८ बर्षमा पनि सुन्दर र से'क्सी देखिन्छिन् निरुता सिंह (तस्बिर सहित)


Test
निरुता सिंह नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री हुन्।

उनको जन्म सन् १९७२ अगस्ट १२ मा भारतको, दार्जीलिङमा भएको थियो। उनी सन् १९९३ मा तुलसी घिमिरेको चलचित्र दक्षिणा मार्फत नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन्।
अभिनेत्री निरुता सिंह भारतीय रियालिटी सो इन्डियन आइडलमा पुगेको बिषयले पनि चर्चा पाएको थियो।

उनले फेसबुकमा सानो भिडियो बनाएर सार्वजनिक गरेकी छिन् । लामो समयदेखि मुम्बइमै बस्दै आएकी निरुता नेपाली अभिनेत्रीको रूपमा इन्डियन आइडलमा पुगेकी थिइन् । 

राजेश हमालः नेपाली फिल्म क्षेत्रकै ‘ब्रान्ड’


Test
कुनै पनि व्यक्तिलाई कुनै उपाधिले सम्बोधन गर्ने वा नगर्ने, मानिसको व्यक्तिगत इच्छामा निर्भर गर्ने कुरा हो ।

कुनै व्यक्तिलाई यसो भन्नैपर्छ वा यस्तो भन्न हुँदैन भन्ने कुनै पनि सिमाना छैन । जसले जे सोच्छ, त्यस्तै भन्न सक्छ ।

नेपाली चलचित्रमा पनि नायक राजेश हमालको नामको अगाडि जोडिएको ‘महानायक’ शब्द सधै चर्चा र विवादमा रहन्छ ।

रोचक कुरा त के छ भने, हमाललाई दिइएको यो उप–नाममा विवाद गर्ने चलचित्रकर्मी नै धेरै छन् । दर्शकलाई यो कुरामा कुनै गुनासो छैन ।

निर्देशक दीपाश्री निरौलाले ‘राजेश हमाल महानायक हो र ?’ भनेर दिएको अभिव्यक्तिपछि फेरि चलचित्र बजारमा यो बिषय गर्माएको छ । 

Wednesday, August 5, 2020

गाउँपालिका अध्यक्ष र उपाध्यक्षको मोटरसाइकल चलाउन पनि ड्राइभर

अध्यक्ष र उपाध्यक्ष मोटरसाइकल चलाउन नजान्ने भएपछि खोटाङको बराहपोखरी गाउँपालिकाले चालक राखेको छ ।

चारपांग्रे सवारीसाधनका लागि मात्रै चालक राख्न पाउने नियमावली बनाएको भए पनि बराहपोखरी गाउँपालिकाले दुईपांग्रेका लागि पनि तीनजना चालक राखेर तलब खुवाउँदै आएको छ ।


बराहपोखरी गाउँपालिकाले १७ वटा मोटरसाइकल किनेको छ । जसमध्ये दुईवटा मोटरसाइकल अध्यक्ष र उपाध्यक्षका लागि छुट्याएको छ । अन्य मोटरसाइकल प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारी र वडा कार्यालयले प्रयोग गर्दै आएका छन् ।

अध्यक्ष शालिग्राम बञ्जरा र उपाध्यक्ष गोमा मगरका लागि दुईवटा मोटरसाइकल र चालक तोकिएको छ भने एकजना चालक प्रमुख प्रशासकीय अधिकृत र अन्य कर्मचारीका लागि नियुक्त गरिएको छ ।

गाउँपालिका अध्यक्ष बञ्जरा कांग्रेसबाट र उपाध्यक्ष मगर तत्कालीन नेकपा (एमाले)बाट निर्वाचित भएका हुन् । 

Tuesday, August 4, 2020

लम्जुङको दोर्दीमा तुइन चुँडिदा एक महिला बेपत्ता

लम्जुङमा तुइन चुँडिएर एक महिला दोर्दी खोलामा बेपत्ता भएकी छन् ।

दोर्दी खोलामाथिको तुइनको डोरी चुँडिएर दोर्दी–६ सिमी घर भई कीर्तिपुरबेंसी बस्ने २५ वर्षीया फूलमाया गुरुङ बेपत्ता भएकी हुन् ।


उनलाई अझै फेला पार्न नसकिएको लम्जुङका डीएसपी गंगाबहादुर थापाले जानकारी दिए ।

‘दुईवटा प्रहरी चौकीबाट खोजी टोली परिचालित भएको छ, तर अहिलेसम्म फेला पार्न सकिएको छैन,’ डीएसपी थापाले भने ।

उनले आज पनि खोजी कार्य जारी राखिएको बताए ।

स्थानीयले तुइन चुँडिएको स्थानबाट करिब पाँच सय मिटर तलसम्म महिलालाई बगेको देखेको बताएका थिए । 

Monday, August 3, 2020

मलेसियामा नेपाली सुरक्षा गार्ड पिट्ने सुपरभाइजर प्रहरी नियन्त्रणमा, पिटाइ खाने र पिट्ने दुवै नेपाली

मलेसियामा नेपाली सुरक्षागार्डलाई अमानवीय हिसाबले कुटपिट गर्ने कपिलवस्तुका रामगोपाल मुराऊले सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।



उनले गत असार २३ गते क्वालालम्पुरस्थित एमथ्री मलमा ड्युटी गरिरहेका नवलपरासीका इस्लाम हुसेनमाथि कुटपिट गरेका थिए ।

नेपाली दूतावासले सोमबार क्वालालम्पुरको वाङसामाजुस्थित प्रहरी स्टेसनमा मराऊविरुद्ध किटानी जाहेरी दिइएको थियो ।

किटानी जाहेरी दिएलगत्तै मराऊ दूतावास पुगेका थिए । दूतावासमा पीडित र पीडकबीच छलफल भएपछि मुराऊले प्रहरीसमक्ष आत्मसमर्णण गरेका हुन् ।

दुईपक्षबीच आपसी असमझदारी भएपछि कुटपिटको घटना भएको देखियो । यो कुटपिट अमानवीय भएको देखियो ।

आवश्यक छानबिन गरी दोषीमाथि कारबाही गर्न हामीले प्रहरीमा किटानी जाहेरी दिएका छौं’, मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले भने, ‘प्रहरीको तर्फबाट आवश्यक छानबिन सुरु भइसकेको छ ।’ 

गत बिहीबार सामाजिक सञ्जालमा इस्लाममाथि भएको कुटपीटको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि दूतावासले पीडितलाई सर्म्पकमा आउन सार्वजनिक अनुरोध गरेको थियो ।

शनिबार र आइतबार बिदा परेपछि दूतावासले सोमबारबाट कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

४३ सेकेन्डको भिडियोमा मराऊले इस्लाममाथि सुरक्षागार्डले बोक्ने कालो रंगको मोटो लट्ठीले ७ पटक ढाड र खुट्टामा जोडले प्रहार गरेको देखिन्छ भने ६ पटक मुख र गालामा झापड लगाएको देखिन्छ ।

दूतावासका अनुसार दुवैजना गैरकानुनी हैसियतमा मलेसियामा बसेका छन् । दुवैको आवासीय भिसाको म्याद सकिएको छ । पीडितलाई दूतावासले संरक्षण दिएर राखिएको छ ।






Saturday, August 1, 2020

अमेरिकामा टिकटकमा रोक लगाउने ट्रम्पको घोषणा

केहि महिना अगाडि टिकटक लाई भारत मा प्रतिबन्ध गरेको त सबैलाई थाहा छदै छ ।

र अहिले आएर फेरी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ लगानीको भिडिओ साझेदार एप टिकटकलाई अमेरिकामा पनि प्रतिबन्ध लगाउने घोषणा गरेका छन् ।

उनले पत्रकारहरूलाई शनिवारभित्रै कार्यकारी आदेशमा हस्ताक्षर हुन सक्ने बताए। 

एयर फोर्स वानमा सवार पत्रकारहरूलाई ट्रम्पले भने: "जहाँसम्म टिकटकको कुरा छ त्यसलाई हामी अमेरिकामा प्रतिबन्ध लगाउँदैछौँ।"

चिनियाँ प्रविधि कम्पनी बाइटडान्सले बनाएको टिकटक निकै तीव्र गतिमा मानिसहरूले रुचाएको एप हो। 

बाइटडान्सका लागि निकै ठूलो धक्का हुने ठानिएको यस एपको अमेरिकामा मात्र ८ करोड सक्रिय प्रयोगकर्ता छन्। 

Wednesday, June 24, 2020

अचम्मको जागिर, युवतीलाई अँगालो हालेर सुताउनेलाई एक घण्टाको ८ हजार तलब

सबैलाई चकित पार्ने एउटा जागिर जसले हरेकलाई सुन्दैमा पनि अचम्म पार्छ । दनियाँमा कस्ता कस्ता जागिरहरु हुदा रहेछन् भनेर !

एउटा यस्तै जागिरको अवशर अमेरिकामा आएको छ ।


यो जागिर अमेरिकाकी एकजना महिलाले ल्याएकी हुन् । उनले अंगालो मारेर सुताएको एक घण्टाको करिब ८ हजार रुपैया दिन्छिन् ।

पछिल्लो समय ती महिला इन्टरनेटमा भाइरल बनिरहेकी छन् । 

Sunday, June 14, 2020

सरिता गिरीको सांसद पद निलम्वन हुने, पार्टीको साधारण सदस्य पनि नरहने

 काठमाडौं- समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी र सांसद दुबै पदबाट हटाउने भएको छ ।


नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी गिरीलाई पार्टीको ह्विप उल्लंघन गरेका कारण हटाउन लागिएको समाजवादी पार्टीका एक नेताले बताए । 

लिपुलेक सहित चीनसँगको सीमामा ६१ वटा सडक बनाउँदै भारत, द्वन्द्व बढ्ने चिन्ता

भारतले चीनसँगको सीमामा आगामी ३ वर्षभित्र ६१ वटा सडक बनाउने भएको छ। भारतको यो कदमले दुई देशबीच सैन्य तनाव बढ्दै जाने देखिएको छ।


चीन र भारतबीच ३५ सय किलोमिटर लामो सीमा छ। जसलाई लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) भन्ने गरिन्छ।

एलएसीसम्म सहज पहुँच र सैन्य क्षमता विस्तारका लागि भारतले सन् २०२३ सम्ममा ती सडक बनाउने भएको हो। भारतको रक्षा मन्त्रालयअन्तर्गतको बोर्डर रोड कन्स्ट्रक्सनले ती सडक बनाइरहेको छ। 

Saturday, June 13, 2020

एक प्रेमीले आफ्नै प्रेमिकाको नग्न तस्बिर पठाएर २ दर्जन पुरुषसँग पैसा उठाएँ

काठमाडौँ बसेर अध्ययन गर्दै आएकी इलामकी २१ वर्षीया रोजिना (नाम परिवर्तन) यतिबेला गाउँमै छिन् ।

लकडाउनको कारण रोजिनाको आफ्नो प्रेमीसँग भेट हुन सम्भव छैन । रोजिनाको प्रेमी चाहिँ काठमाडौँमै बस्छन् ।



काठमाडौँमा रहँदा उनी र उनका प्रेमी प्रायः डेटिङ जान्थे । एकान्तमा बसेर भावना साटासाट गर्दा उनलाई पनि रमाइलै लाग्थ्यो ।

एक दिन उनका प्रेमीले काठमाडौँ स्थित गौशालामा रहेको आफ्नो कोठामा जान प्रस्ताव गरे । उनले सहजै स्वीकार गरिन् । सुनसान कोठामा फकाईफुलाई प्रेमीले रोजिनासँग शारी’रिक सम्बन्ध राखे ।

त्यतिमात्र नभइ रोजिनाको नाङ्गो तस्बिरहरु पनि खिच्न भ्याए । रोजिनाको उक्त नग्न फोटो विदेशमा रहेका नेपालीहरु समक्ष पुगेको पाइएको छ । 

सबै गर्भ फाल भन्छन्, तर म बच्चा जन्माएर हुर्काउँछु

जनकपुरधाम- परिवार सम्पन्न छ, त्यसैले उनले गाउँमै भए पनि निजी विद्यालयमा पढ्न पाइन् । एसईई उत्तीर्ण गर्नेबित्तिकै आमाबुबाले काठमाडौं पढ्न पठाए ।


घर–परिवारमा माया–ममताको कुनै कमी रहेन । काठमाडौंमा रहँदा पनि घरबाट हेरचाहमा कुनै कमी भएन । आमाबुबाले दैनिक फोन गरेर हालखबर सोधिरहन्थे ।

त्यसरी लाडप्यारमा हुर्केकी छोरी अहिले न्यायका निम्ति भौतारिरहेकी छन् । साथ दिने कोही छैन, जताततै दुत्कारै दुत्कार छ । अति माया गर्ने आमाबुबा समेत टाढिएका छन् । उनी घर जानै सक्दिनन् । 

अहिलेका बाल-बच्चामा यस कारण यौ'न परिपक्कता चाँडै देखिन्छ


Test
अहिलेका धेरैजसो बच्चामा स्वभाविक उमेरभन्दा अगाडि नै यौन परिपक्कता देखिन्छ ।

अर्थात उनीहरुको यौनाङ्गको विकास, मासिक श्राव, स्तनको विकास आदि चाडै हुन थालेका छन् । नेपालमा मात्र होइन, विश्वकै बालबालिकामा यस्तो परिवर्तन देखिदैछ ।



आखिर किन उनीहरुमा चाडै यौन परिपक्कता देखिदैछ ?

यसमा एउटा मात्र कारण छैन । जलबायु परिवर्तनको प्रभावदेखि, खानपान शैली र यौ’नजन्य सामग्रीमा उनीहरुको पहुँच जस्ता अनेक कारण रहेको अनुसन्धानकर्ताहरू बताउछन्। 

यी नेपाली सुन्दरी जसले निर्धक्क पाेस्ट गर्ने गर्छिन् यस्ता बोल्ड तस्वीरहरु (फाेटाे फिचर)


Test
बोल्ड तस्वीर सामाजिक सञ्जालमा पोष्ठ गरेरै चर्चामा आउने सुन्दरीको रुपमा चिनिन्छिन् सुष्मा अधिकारी ।

३५० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी सुष्मा स्टेज कार्यक्रममा पनि उत्तिकै ब्यस्त छिन् ।



अहिलेका समयमा सामाजिक सञ्जाल फेशबुक र इन्स्टाग्राममा सक्रिय सुश्मा इन्स्टाग्राममा बोल्ड तस्वीर राख्न हिच्किचाउदिनन् ।

हेर्नुहाेस् उनका केही हट तस्वीरहरु: 

Friday, June 12, 2020

यौ'न सम्पर्क गर्दा मास्क लगाउनू- स्वास्थ्यकर्मीको सुझाव


Test
न्युयोर्क : अमेरिकाको न्युयोर्कमा कोरोना महामारीको अवधिमा यौ-न स’म्पर्क गर्दा मास्क लगाउनुपर्ने भन्दै आफ्नो ‘गाइडलाइन’ अपडेट गरेको छ ।


न्युयोर्कका स्वास्थ्य अधिकारीहरुले यसअघि सबैलाई से-क्स पा’र्टनरसँग सुरक्षित रहने बताएका थिए ।
पछिल्लो समय गाइडलाइन अपडेट गर्दै टाढा रहेका जोडीहरुलाई लामो समयपछि भेट्ने क्रममा मास्क लगाएर मात्रै यौ-न स’म्पर्क गर्न सुझाव दिएका हुन् । 

Wednesday, June 10, 2020

कोराना संक्रमितको उपचारमा प्रतिदिन ३८ हजारसम्म खर्च हुने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको उपचारका लागि प्रतिव्यक्ति प्रतिदिन ३८ हजार रुपैयाँभन्दा बढी लाग्ने अनुमानित लागत तयार पारेको छ।

मन्त्रालयले संक्रमित बिरामीको अवस्था र आवश्यकताका आधारमा प्रतिसंक्रमित प्रतिदिन ६ हजारदेखि ३८ हजारसम्म खर्च लाग्ने अनुमानसहितको योजना तयार पारेको हो।


योजना अनुसार सामान्य अवस्थामा रहेका संक्रमितको केसमा आवश्यकता हेरी प्रतिदिन ६ हजारदेखि साढे १४ हजारसम्म उपचार खर्च लाग्ने देखिन्छ। मध्यम केसमा प्रतिदिन १० हजारदेखि करिब २४ हजार लाग्ने अनुमान छ। 

निसान छापमा नयाँ नक्सा राख्न ल्याइएको संविधान संशोधन विधेयक खारेज गर्न माग गर्दै सांसद सरिता गिरी

काठमाण्डौ - सांसद सरिता गिरीले सरकारले नयाँ नक्सा निसान छापमा राख्न संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकको व्यवस्था खारेज गर्न माग गरेकी छिन् ।


उनले विधेयकमा भएको नक्सासम्बन्धी व्यवस्था खारेजीको माग गर्दै औपचारिक सूचना दर्ता गराएकिछिन् । उनले पर्याप्त प्रमाणबिना नयाँ नक्सा जारी भएको र संविधानको अनुसूचीमा समावेश गर्न लागिएको भन्दै संशोधनको सूचना दर्ता गराएकि हुन् । 

Tuesday, June 9, 2020

कोरोना भाइरसः विश्वभरि यौ'नकर्मीहरू भविष्यलाई लिएर यसकारण चिन्तित छन्


Test
कोरोनाभाइरस महामारीबीच सामाजिक दूरीसम्बन्धी नियमका कारण स्ट्रिप क्लब अर्थात्‌ वयस्कहरूलाई मात्रै अनुमति दिइने मनोरञ्जन स्थल र वेश्यालयहरू बन्द भएसँगै विश्वभरिका यौनकर्मीहरूको आम्दानीको स्रोत बन्द भएको छ।


जीविकोपार्जका साथै स्वास्थ्यबारे चिन्तित कतिपय यौनकर्मीले अनलाइनमार्फत् व्यवसायलाई जारी राख्न चाहिरहेका छन् भने कतिपयले आर्थिक सहयोगको मुख ताक्नु परेको छ।

इस्टल ल्युकासले अस्ट्रेलियाको मेल्बर्नमा १० वर्षदेखि काम गरिरहेकी छन् र आफ्ना ग्राहकहरूसँग सावधानीपूर्वक सम्बन्ध बनाएकी छन्। तर कोभिड-१९ सङ्क्रमण र सामाजिक दूरी कायम राख्नुपर्ने नियमका कारण यौन व्यवसायमा रोक लागिसकेको छ । 

Tuesday, May 19, 2020

Flag Counter

Blog Archive