Monday, August 3, 2020

मलेसियामा नेपाली सुरक्षा गार्ड पिट्ने सुपरभाइजर प्रहरी नियन्त्रणमा, पिटाइ खाने र पिट्ने दुवै नेपाली

मलेसियामा नेपाली सुरक्षागार्डलाई अमानवीय हिसाबले कुटपिट गर्ने कपिलवस्तुका रामगोपाल मुराऊले सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।



उनले गत असार २३ गते क्वालालम्पुरस्थित एमथ्री मलमा ड्युटी गरिरहेका नवलपरासीका इस्लाम हुसेनमाथि कुटपिट गरेका थिए ।

नेपाली दूतावासले सोमबार क्वालालम्पुरको वाङसामाजुस्थित प्रहरी स्टेसनमा मराऊविरुद्ध किटानी जाहेरी दिइएको थियो ।

किटानी जाहेरी दिएलगत्तै मराऊ दूतावास पुगेका थिए । दूतावासमा पीडित र पीडकबीच छलफल भएपछि मुराऊले प्रहरीसमक्ष आत्मसमर्णण गरेका हुन् ।

दुईपक्षबीच आपसी असमझदारी भएपछि कुटपिटको घटना भएको देखियो । यो कुटपिट अमानवीय भएको देखियो ।

आवश्यक छानबिन गरी दोषीमाथि कारबाही गर्न हामीले प्रहरीमा किटानी जाहेरी दिएका छौं’, मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले भने, ‘प्रहरीको तर्फबाट आवश्यक छानबिन सुरु भइसकेको छ ।’ 

गत बिहीबार सामाजिक सञ्जालमा इस्लाममाथि भएको कुटपीटको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि दूतावासले पीडितलाई सर्म्पकमा आउन सार्वजनिक अनुरोध गरेको थियो ।

शनिबार र आइतबार बिदा परेपछि दूतावासले सोमबारबाट कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

४३ सेकेन्डको भिडियोमा मराऊले इस्लाममाथि सुरक्षागार्डले बोक्ने कालो रंगको मोटो लट्ठीले ७ पटक ढाड र खुट्टामा जोडले प्रहार गरेको देखिन्छ भने ६ पटक मुख र गालामा झापड लगाएको देखिन्छ ।

दूतावासका अनुसार दुवैजना गैरकानुनी हैसियतमा मलेसियामा बसेका छन् । दुवैको आवासीय भिसाको म्याद सकिएको छ । पीडितलाई दूतावासले संरक्षण दिएर राखिएको छ ।






No comments:

Post a Comment

Flag Counter