Thursday, August 6, 2020

राजधानी को चुच्चेपाटीमा बाबुले गरे श्रीमती र छोरी माथि एसिड आक्रमण


Test
राजधानीको चुच्चेपाटीमा दुई जनामाथि 'एसिड' छ्यापिएको खबर छ ।

आफ्नै बाबुले छोरी र श्रीमतीमाथि एसिड छ्यापेको प्रहरीले जनाएको छ ।



आपसी विवादका क्रममा हेटौंडा घर भई चुच्चेपाटी बस्दै आएका राजन विष्टले श्रीमतीलाई एसिड हानेको र सो क्रममा छोरीलाई पनि लागेको बताइएको छ ।

प्रहरीका अनुसार अभियुक्तलाई नियन्त्रणमा लिइएको छ । 

४८ बर्षमा पनि सुन्दर र से'क्सी देखिन्छिन् निरुता सिंह (तस्बिर सहित)


Test
निरुता सिंह नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री हुन्।

उनको जन्म सन् १९७२ अगस्ट १२ मा भारतको, दार्जीलिङमा भएको थियो। उनी सन् १९९३ मा तुलसी घिमिरेको चलचित्र दक्षिणा मार्फत नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन्।
अभिनेत्री निरुता सिंह भारतीय रियालिटी सो इन्डियन आइडलमा पुगेको बिषयले पनि चर्चा पाएको थियो।

उनले फेसबुकमा सानो भिडियो बनाएर सार्वजनिक गरेकी छिन् । लामो समयदेखि मुम्बइमै बस्दै आएकी निरुता नेपाली अभिनेत्रीको रूपमा इन्डियन आइडलमा पुगेकी थिइन् । 

राजेश हमालः नेपाली फिल्म क्षेत्रकै ‘ब्रान्ड’


Test
कुनै पनि व्यक्तिलाई कुनै उपाधिले सम्बोधन गर्ने वा नगर्ने, मानिसको व्यक्तिगत इच्छामा निर्भर गर्ने कुरा हो ।

कुनै व्यक्तिलाई यसो भन्नैपर्छ वा यस्तो भन्न हुँदैन भन्ने कुनै पनि सिमाना छैन । जसले जे सोच्छ, त्यस्तै भन्न सक्छ ।

नेपाली चलचित्रमा पनि नायक राजेश हमालको नामको अगाडि जोडिएको ‘महानायक’ शब्द सधै चर्चा र विवादमा रहन्छ ।

रोचक कुरा त के छ भने, हमाललाई दिइएको यो उप–नाममा विवाद गर्ने चलचित्रकर्मी नै धेरै छन् । दर्शकलाई यो कुरामा कुनै गुनासो छैन ।

निर्देशक दीपाश्री निरौलाले ‘राजेश हमाल महानायक हो र ?’ भनेर दिएको अभिव्यक्तिपछि फेरि चलचित्र बजारमा यो बिषय गर्माएको छ । 

Wednesday, August 5, 2020

गाउँपालिका अध्यक्ष र उपाध्यक्षको मोटरसाइकल चलाउन पनि ड्राइभर

अध्यक्ष र उपाध्यक्ष मोटरसाइकल चलाउन नजान्ने भएपछि खोटाङको बराहपोखरी गाउँपालिकाले चालक राखेको छ ।

चारपांग्रे सवारीसाधनका लागि मात्रै चालक राख्न पाउने नियमावली बनाएको भए पनि बराहपोखरी गाउँपालिकाले दुईपांग्रेका लागि पनि तीनजना चालक राखेर तलब खुवाउँदै आएको छ ।


बराहपोखरी गाउँपालिकाले १७ वटा मोटरसाइकल किनेको छ । जसमध्ये दुईवटा मोटरसाइकल अध्यक्ष र उपाध्यक्षका लागि छुट्याएको छ । अन्य मोटरसाइकल प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारी र वडा कार्यालयले प्रयोग गर्दै आएका छन् ।

अध्यक्ष शालिग्राम बञ्जरा र उपाध्यक्ष गोमा मगरका लागि दुईवटा मोटरसाइकल र चालक तोकिएको छ भने एकजना चालक प्रमुख प्रशासकीय अधिकृत र अन्य कर्मचारीका लागि नियुक्त गरिएको छ ।

गाउँपालिका अध्यक्ष बञ्जरा कांग्रेसबाट र उपाध्यक्ष मगर तत्कालीन नेकपा (एमाले)बाट निर्वाचित भएका हुन् । 

Tuesday, August 4, 2020

लम्जुङको दोर्दीमा तुइन चुँडिदा एक महिला बेपत्ता

लम्जुङमा तुइन चुँडिएर एक महिला दोर्दी खोलामा बेपत्ता भएकी छन् ।

दोर्दी खोलामाथिको तुइनको डोरी चुँडिएर दोर्दी–६ सिमी घर भई कीर्तिपुरबेंसी बस्ने २५ वर्षीया फूलमाया गुरुङ बेपत्ता भएकी हुन् ।


उनलाई अझै फेला पार्न नसकिएको लम्जुङका डीएसपी गंगाबहादुर थापाले जानकारी दिए ।

‘दुईवटा प्रहरी चौकीबाट खोजी टोली परिचालित भएको छ, तर अहिलेसम्म फेला पार्न सकिएको छैन,’ डीएसपी थापाले भने ।

उनले आज पनि खोजी कार्य जारी राखिएको बताए ।

स्थानीयले तुइन चुँडिएको स्थानबाट करिब पाँच सय मिटर तलसम्म महिलालाई बगेको देखेको बताएका थिए । 

Monday, August 3, 2020

मलेसियामा नेपाली सुरक्षा गार्ड पिट्ने सुपरभाइजर प्रहरी नियन्त्रणमा, पिटाइ खाने र पिट्ने दुवै नेपाली

मलेसियामा नेपाली सुरक्षागार्डलाई अमानवीय हिसाबले कुटपिट गर्ने कपिलवस्तुका रामगोपाल मुराऊले सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।



उनले गत असार २३ गते क्वालालम्पुरस्थित एमथ्री मलमा ड्युटी गरिरहेका नवलपरासीका इस्लाम हुसेनमाथि कुटपिट गरेका थिए ।

नेपाली दूतावासले सोमबार क्वालालम्पुरको वाङसामाजुस्थित प्रहरी स्टेसनमा मराऊविरुद्ध किटानी जाहेरी दिइएको थियो ।

किटानी जाहेरी दिएलगत्तै मराऊ दूतावास पुगेका थिए । दूतावासमा पीडित र पीडकबीच छलफल भएपछि मुराऊले प्रहरीसमक्ष आत्मसमर्णण गरेका हुन् ।

दुईपक्षबीच आपसी असमझदारी भएपछि कुटपिटको घटना भएको देखियो । यो कुटपिट अमानवीय भएको देखियो ।

आवश्यक छानबिन गरी दोषीमाथि कारबाही गर्न हामीले प्रहरीमा किटानी जाहेरी दिएका छौं’, मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले भने, ‘प्रहरीको तर्फबाट आवश्यक छानबिन सुरु भइसकेको छ ।’ 

गत बिहीबार सामाजिक सञ्जालमा इस्लाममाथि भएको कुटपीटको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि दूतावासले पीडितलाई सर्म्पकमा आउन सार्वजनिक अनुरोध गरेको थियो ।

शनिबार र आइतबार बिदा परेपछि दूतावासले सोमबारबाट कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

४३ सेकेन्डको भिडियोमा मराऊले इस्लाममाथि सुरक्षागार्डले बोक्ने कालो रंगको मोटो लट्ठीले ७ पटक ढाड र खुट्टामा जोडले प्रहार गरेको देखिन्छ भने ६ पटक मुख र गालामा झापड लगाएको देखिन्छ ।

दूतावासका अनुसार दुवैजना गैरकानुनी हैसियतमा मलेसियामा बसेका छन् । दुवैको आवासीय भिसाको म्याद सकिएको छ । पीडितलाई दूतावासले संरक्षण दिएर राखिएको छ ।






Saturday, August 1, 2020

अमेरिकामा टिकटकमा रोक लगाउने ट्रम्पको घोषणा

केहि महिना अगाडि टिकटक लाई भारत मा प्रतिबन्ध गरेको त सबैलाई थाहा छदै छ ।

र अहिले आएर फेरी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ लगानीको भिडिओ साझेदार एप टिकटकलाई अमेरिकामा पनि प्रतिबन्ध लगाउने घोषणा गरेका छन् ।

उनले पत्रकारहरूलाई शनिवारभित्रै कार्यकारी आदेशमा हस्ताक्षर हुन सक्ने बताए। 

एयर फोर्स वानमा सवार पत्रकारहरूलाई ट्रम्पले भने: "जहाँसम्म टिकटकको कुरा छ त्यसलाई हामी अमेरिकामा प्रतिबन्ध लगाउँदैछौँ।"

चिनियाँ प्रविधि कम्पनी बाइटडान्सले बनाएको टिकटक निकै तीव्र गतिमा मानिसहरूले रुचाएको एप हो। 

बाइटडान्सका लागि निकै ठूलो धक्का हुने ठानिएको यस एपको अमेरिकामा मात्र ८ करोड सक्रिय प्रयोगकर्ता छन्। 

Flag Counter