Saturday, August 1, 2020

अमेरिकामा टिकटकमा रोक लगाउने ट्रम्पको घोषणा

केहि महिना अगाडि टिकटक लाई भारत मा प्रतिबन्ध गरेको त सबैलाई थाहा छदै छ ।

र अहिले आएर फेरी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ लगानीको भिडिओ साझेदार एप टिकटकलाई अमेरिकामा पनि प्रतिबन्ध लगाउने घोषणा गरेका छन् ।

उनले पत्रकारहरूलाई शनिवारभित्रै कार्यकारी आदेशमा हस्ताक्षर हुन सक्ने बताए। 

एयर फोर्स वानमा सवार पत्रकारहरूलाई ट्रम्पले भने: "जहाँसम्म टिकटकको कुरा छ त्यसलाई हामी अमेरिकामा प्रतिबन्ध लगाउँदैछौँ।"

चिनियाँ प्रविधि कम्पनी बाइटडान्सले बनाएको टिकटक निकै तीव्र गतिमा मानिसहरूले रुचाएको एप हो। 

बाइटडान्सका लागि निकै ठूलो धक्का हुने ठानिएको यस एपको अमेरिकामा मात्र ८ करोड सक्रिय प्रयोगकर्ता छन्। 

भाइरल नाच र हास्यमिश्रित अभिनयका कारण टिकटक युवा वर्गमा निकै लोकप्रिय बनेको उक्त एप अमेरिकीहरूको व्यक्तिगत विवरण सङ्कलन गर्न प्रयोग हुनसक्ने भन्दै अमेरिकी सुरक्षा अधिकारीहरूले चासो व्यक्त गरेका थिए। 

जसलाई उक्त कम्पनीले अस्वीकार गर्दै आएको छ। 

यसबीचमा उक्त एपलाई माइक्रोसफ्ट कम्पनीले किन्नका लागि छलफल गरिरहेको समाचारहरू सार्वजनिक भएका थिए।

तर ट्रम्पले त्यस्तो सम्झौतालाई कार्यान्वयन गर्न दिन सकिनेबारे समेत संशय व्यक्त गरेका थिए। 

टिकटकका प्रवक्ता हिलरी म्याक्वाइडले प्रतिबन्ध लगाउने पछिल्लो कदमबारे प्रतिक्रिया जनाउन अस्वीकार गरिन्।


यूट्युबजस्तै टिकटक नि:शुल्क प्रयोग गर्न सकिने सेवाको एप हो।

प्रयोगकर्ताहरूले गीत र विशेष प्रभाव देखिने फिल्टरको ठूलो भण्डारबाट छानेका सुविधा प्रयोग गरेर एक मिनेटसम्म लामो भिडिओ राख्न सक्छन्।

चलचित्रका संवाद र हास्यरसका भनाइहरूमा पनि प्रयोगकर्ताले अभिनय गर्न सक्छन्।


टिकटकले कति तथ्याङ्क बटुल्छ?

टिकटकले प्रयोगकर्ताको धेरै नै तथ्याङ्क सङ्कलन गर्छ। तीमध्ये केही यी हुन्:

  • कुन भिडिओ हेरियो र कुनमा प्रतिक्रिया जनाइयो
  • स्थान अवस्थिति तथ्याङ्क
  • फोनको प्रकार र यसको अपरेटिङ् सिस्टम
  • केही लेख्दा प्रयोगकर्ताले कसरी किबोर्ड थिच्छन्।

यसका केही तथ्याङ्क सङ्कलनले आशङ्का उठाएको छ। त्योमध्ये एक भनेको यसले कपी-पेस्ट गरिएको सामग्री हो।

तर त्यस्तै तथ्याङ्क रेडिट, लिङ्क्डइन, न्यूयोर्क टाइम्स र बीबीसी न्यूज एपले पनि सङ्कलन गर्छन ।

श्रोत: बिबिसी नेपाली







No comments:

Post a Comment

Flag Counter